९ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ६९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार देशभरी ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार १९७ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ४१ हजार ५६५ अर्थात ९४.५ प्रतिशत संक्रमणमुक्त भएका छन् ।