Nepal's Trusted Health Online Portal

उपत्यकाका थप ६१५ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

९ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ६१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हाल काठमाडौंमा ५ हजार ५७४, ललितपुरमा १ हजार ११३ र भक्तपुरमा ९३२ गरी उपत्यकामा ७ हजार ६१९ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबार देशभरी ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.