Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु

Get real time updates directly on you device, subscribe now.

१८ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ८९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये १ हजार ९२५ जना भने संक्रमणमुक्त भएका छन् ।

सोमबार देशभरी ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ अर्थात ९४.१ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.