Nepal's Trusted Health Online Portal

उपत्यकाका थप ९०४ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

१९ साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ९०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

हाल काठमाडौंमा ६ हजार ४२३, ललितपुरमा १ हजार ५४४ र भक्तपुरमा १ हजार १४८ गरी उपत्यकामा ९ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार देशभरी ३ हजार ३८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टाभित्र देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.