२० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ६९ हजार ९२२ पुगेको छ ।
गत २४ घण्टामा ११ हजार ३५४ आरटी पीसीआर विधी र ४ हजार ९४४ एन्टिजेन गरी जम्मा १६ हजार २९८ नमुना परीक्षण गरिएकोमा ४ हजार १०७ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.९२ प्रतिशत महिला र ६०.०८ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९५७ पुगेकोे छ ।
त्यस्तै १ हजार ५३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ६१ हजार ६५१ छ । संक्रमितमध्ये ९३.८ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।