२० मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ४४९ पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ११४ आरटी पीसीआर विधी र १ हजार ५०३ एन्टिजेन गरी जम्मा ८ हजार ६१७ नमुना परीक्षण गरिएकोमा २६५ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५४३ पुगेकोे छ ।
मन्त्रालयका अनुसार सोमबार ३५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ४ हजार ९०१ छ । संक्रमितमध्ये ९७.८ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । अब देशभर ६ हजार ३८६ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै कोरोना भाइरसको नयाँ उत्परिवर्तन (म्युटेशन) ओमिक्रोन भेरियन्ट नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।