Nepal's Trusted Health Online Portal

शनिबार २२६ कोरोना संक्रमित थपिए, ३०७ संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

२५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ७४० पुगेको छ ।

गत २४ घण्टामा ५ हजार ६७२ आरटी पीसीआर विधी र ३ हजार ५०६ एन्टिजेन गरी जम्मा ९ हजार १७८ नमुना परीक्षण गरिएकोमा २२६ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५५३ पुगेकोे छ ।

मन्त्रालयका अनुसार शनिबार ३०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ६ हजार ५४४ छ । संक्रमितमध्ये ९७.९ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । अब देशभर ५ हजार ८८३ जना सक्रिय संक्रमित छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.