२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १० हजार ४१६ आरटी पीसीआर विधी र २ हजार ८२० एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ३१३ र एन्टिजेन विधीबाट २८ जना गरी जम्मा ३४१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८२४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । जसमध्ये हालसम्म ८ लाख ७ हजार १५४ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९८ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।
नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ५५७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।