Nepal's Trusted Health Online Portal

बिहीबार १८४ जनामा कोरोना संक्रमण, २६७ संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

पौष १, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख २१ हजार ७३ पुगेको छ ।

गत २४ घण्टामा ७ हजार २३० आरटी पीसीआर विधी र ३ हजार ७८८ एन्टिजेन गरी जम्मा ११ हजार १८ नमुना परीक्षण गरिएकोमा १८४ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५६७ पुगेकोे छ ।

मन्त्रालयका अनुसार शुक्रबार २६७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख ८ हजार ८३ छ । संक्रमितमध्ये ९७.९ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । हाल देशभर ५ हजार ५२६ जना सक्रिय संक्रमित छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.