२६ पौष, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३१ हजार ४५० पुगेको छ ।
गत २४ घण्टामा ८ हजार ९६५ आरटी पीसीआर विधी र २हजार ४६४ एन्टिजेन गरी जम्मा ११ हजार ४२९ नमुना परीक्षण गरिएकोमा १ हजार ४४६ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६०६ पुगेकोे छ ।
मन्त्रालयका अनुसार सोमबार २५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १४ हजार ४८५ छ । संक्रमितमध्ये ९७.७ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । हाल देशभर ७ हजार ८५५ जना सक्रिय संक्रमित छन् ।