Nepal's Trusted Health Online Portal

उपत्यकाका ३ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

Get real time updates directly on you device, subscribe now.

२६ पौष, काठमाडौं । सरकारले भोलिदेखि उपत्यकाका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइनेछ ।

काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोरोना खोप लगाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बालबालिकालाई अमेरिकी खोप फाइजर र मोडर्ना लगाइनेछ ।

कोरोना भाइरस संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि आइतबार बसेको सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय विदा दिन सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि सबै विद्यालयमा विदा दिन आजै निर्देशन दिइसकेको छ ।

सीसीएमसीसीले माघ १५ गतेसम्म १२ देखि १७ वर्षसम्मका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइसक्नसमेत सिफारिस गरेको थियो ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.