Nepal's Trusted Health Online Portal

आगामी माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयमा बिदा दिइने

Get real time updates directly on you device, subscribe now.

२६ पौष, काठमाडौं । सरकारले यहि पौष २७ देखि माघ १५ गतेसम्म सबै आधारभुत तथा माध्यमिक विद्यालयमा बिदा दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सिसिएमसीको आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न गरेको सिफारिसलाई कार्यान्वयनमा पठाउने जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

सीसीएमसीसीको आइतबारको बैठकले देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयका वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ गतेसम्म सबै विद्यालयहरुमा बिदा दिन सिफारिस गरेको थियो ।

बिदा अवधीमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्यचौकीमार्फत कोरोनाविरुद्धको खोप लगाउन पठाउन पनि मन्त्रालयले अभिभावकहरुलाई अनुरोध गरेको छ ।

 

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.