Nepal's Trusted Health Online Portal

थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त

Get real time updates directly on you device, subscribe now.

२९ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ ।

गत २४ घण्टामा १० हजार ४९८ आरटी पीसीआर विधी र ४ हजार ५८३ एन्टिजेन गरी जम्मा १५ हजार ८१ नमुना परीक्षण गरिएकोमा ३ हजार ५५३ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१० पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १५ हजार ३४७ छ । संक्रमितमध्ये ९६.९ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० जना पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.