Nepal's Trusted Health Online Portal

लकडाउन गर्ने पक्षमा सरकार छैनः स्वास्थ्यमन्त्री खतिवडा

Get real time updates directly on you device, subscribe now.

२९ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए ।

लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेकोले अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने मन्त्री खतिवडाले बताए ।

सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने भन्दै आवश्यकता हेरेर खास ठाउँमा मात्रै लडकाउन हुने हुनाले अहिले नै लकडाउनको विषयमा आतंकित नहुन आह्वान गरे ।

नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखेको तथा माघको दोस्रो हप्ताबाट ६० वर्षमाथिका नागरिक तथा तेस्रो वा चौथो हप्ताबाट सबै नागरिकलाई बुस्टरडोज खोप दिइने जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.