Nepal's Trusted Health Online Portal

शुक्रबार एकैदिन थपिए कोरोनाका ५,०८७ नयाँ संक्रमित

Get real time updates directly on you device, subscribe now.

३० पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४२ हजार ५६ पुगेको छ ।

गत २४ घण्टामा १३ हजार ४७४ आरटी पीसीआर विधी र ७ हजार ८६ एन्टिजेन गरी जम्मा २० हजार ५६० नमुना परीक्षण गरिएकोमा ५ हजार ८७ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१३ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १५ हजार ६५३ छ । संक्रमितमध्ये ९६.५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । शुक्रबार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ जना पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.