Nepal's Trusted Health Online Portal

२४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४६ हजार ६९२ पुगेको छ ।

गत २४ घण्टामा १० हजार ४१२ आरटी पीसीआर विधी र ४ हजार १४४ एन्टिजेन गरी जम्मा १४ हजार ५५६ नमुना परीक्षण गरिएकोमा ४ हजार ६३६ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६१७ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १६ हजार ३ छ । संक्रमितमध्ये ९६.१ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । शनिबार देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ जना पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.