Nepal's Trusted Health Online Portal

झनै फैलियो कोरोना, मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

४ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १० हजार २५८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ६८ हजार ६४५ पुगेको छ ।

गत २४ घण्टामा १७ हजार ८७२ आरटी पीसीआर विधी र ४ हजार ९५६ एन्टिजेन गरी जम्मा २२ हजार २२८ नमुना परीक्षण गरिएकोमा १० हजार २५८ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६२४ पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १७ हजार ५४७ छ । संक्रमितमध्ये ९४.२ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना पुगेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.