३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ३८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार काठमाडौंमा २ हजार ९४३, ललितपुरमा ७९५ र भक्तपुरमा २०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सोमबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा १३ हजार ९८६, ललितपुरमा ३ हजार ५५५ र भक्तपुरमा १ हजार ८४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ६ हजार ७३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५४७ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १६ हजार ९८५ अर्थात ९५.१ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६२३ जनाको मृत्यु भइसकेकोे छ ।