३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ५८ हजार ३८७ पुगेको छ ।
गत २४ घण्टामा १४ हजार १४ आरटी पीसीआर विधी र ३ हजार ४५१ एन्टिजेन गरी जम्मा १७ हजार ४६५ नमुना परीक्षण गरिएकोमा ६ हजार ७३४ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६२३ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १६ हजार ९८५ छ । संक्रमितमध्ये ९५.१ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । सोमबार देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ जना पुगेको छ ।