Nepal's Trusted Health Online Portal

थप ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि

Get real time updates directly on you device, subscribe now.

२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ५१ हजार ६५३ पुगेको छ ।

गत २४ घण्टामा १२ हजार ५६२ आरटी पीसीआर विधी र २ हजार ५६९ एन्टिजेन गरी जम्मा १५ हजार १३१ नमुना परीक्षण गरिएकोमा ४ हजार ९६१ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेकोे छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ८ लाख १६ हजार ४३८ छ । संक्रमितमध्ये ९५.६ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । आइतबार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ६८० जना पुगेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.