१ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शनिबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ९ हजार ६१, ललितपुरमा २ हजार ३८२ र भक्तपुरमा १ हजार ३७१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ३५० जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १६ हजार ३ अर्थात ९६.१ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६१७ जनाको मृत्यु भइसकेकोे छ ।