Nepal's Trusted Health Online Portal

उपत्यकामा थपिए ५,५४९ कोरोना संक्रमित, सक्रिय संक्रमित २४ हजार बढी

Get real time updates directly on you device, subscribe now.

४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ हजार ५४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा मंगलबार काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

मंगलबारसम्म उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा १७ हजार ७०९, ललितपुरमा ४ हजार ४७१ र भक्तपुरमा २ हजार ३९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १० हजार २५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ५६२ जना भने कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख १७ हजार ५४७ अर्थात ९४.२ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ६२१ जनाको मृत्यु भइसकेकोे छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.