१० माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १० हजार ३१९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५४ आरटी पीसीआर विधी र ४ हजार ५४७ एन्टिजेन गरी जम्मा २१ हजार २०१ नमुना परीक्षण गरिएकोमा १० हजार ३१९ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ३० हजार ७३ पुगेको छ । संक्रमितमध्ये ८ लाख २४ हजार २३९ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६५९ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५४० जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ८९.७ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । सोमबार देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० जना पुगेको छ ।