१२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८ हजार ४५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ५४९ आरटी पीसीआर विधी र ६ हजार ८१० एन्टिजेन गरी जम्मा २० हजार ३५९ नमुना परीक्षण गरिएकोमा ८ हजार ४५४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ५४ हजार ८८ पुगेको छ । संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ केस संक्रमणमुक्त भएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६७२ पुगेकोे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ८९.१ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । बुधबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ जना पुगेको छ ।