Nepal's Trusted Health Online Portal

३०६ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

Get real time updates directly on you device, subscribe now.

१३ माघ, काठमाडौँ । बिहीबार देशभर ३०६ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ४९ जना भेन्टिलेटर र २५७ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ५ जना, बागमती प्रदेशमा ४० जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै प्रदेश नं १ मा २२ जना, मधेश प्रदेशमा ७ जना, बागमती प्रदेशमा १८९ जना, गण्डकी प्रदेशमा १७ जना, लुम्बिनीमा प्रदेशमा १५ जना, कर्णाली प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा २ जना आई.सी.यु.मा उपचारत छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ५ हजार २९२ जना संक्रमित निको भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.