Nepal's Trusted Health Online Portal

उपत्यकामा शुक्रबार थपिए ७४५ कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२१ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ७४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ८ हजार ४२५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म संक्रमितमध्ये ८ लाख ९५ हजार ८६८ अर्थात ९२.९ प्रतिशत संक्रमण मुक्त भएका छन् भने ११ हजार ७९४ जनाको मृत्यु भइसकेकोे छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.