Nepal's Trusted Health Online Portal

८,५१३ कोरोना परीक्षणमा १,७१४ नमुनाको रिपोर्ट पोजिटिभ

Get real time updates directly on you device, subscribe now.

२२ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ७१४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ हजार ७७१ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार २२५ आरटी पीसीआर विधी र ३ हजार २८८ एन्टिजेन गरी जम्मा ८ हजार ५१३ नमुना परीक्षण गरिएकोमा १ हजार ७१४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस १० लाख ९९ हजार ३०३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६३९ केस संक्रमणमुक्त भएको छ । अब देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८०३ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९३.३ प्रतिशत निको भएका छन् भने १.३ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.