Nepal's Trusted Health Online Portal

२३४ कोरोना संक्रमितको आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

Get real time updates directly on you device, subscribe now.

२९ माघ, काठमाडौँ । शनिबार देशभर २३४ जना कोरोना संक्रमितको भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचार भइरहेको छ । उपचारत संक्रमितमध्ये ३४ जना भेन्टिलेटर र २०० जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा २ जना, बागमती प्रदेशमा २६ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदुरपश्चिम प्रदेशमा ४ जना गरी ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै प्रदेश नं १ मा २१ जना, मधेश प्रदेशमा ४ जना, बागमती प्रदेशमा १३६ जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनीमा प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ९ जना गरी २०० जना आई.सी.यु.कक्षमा उपचारत छन् ।

पछिल्लो २४ घण्टामा देशभरी ८३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भने १ हजार ८२६ जना संक्रमित निको भएका छन्

त्यस्तै ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.