६ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार ४५४ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १३३ आरटी पीसीआर विधी र ३ हजार ९५८ एन्टिजेन गरी जम्मा ९ हजार ९१ नमुना परीक्षण गरिएकोमा ४३७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १३ हजार ६०६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ४८ हजार ७८४ केस संक्रमणमुक्त भएको छ । अब देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९७.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।