Nepal's Trusted Health Online Portal

१ हजार २७८ कोरोना संक्रमित निको हुँदा ३५० नयाँ थपिए

Get real time updates directly on you device, subscribe now.

७ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ३५० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार २७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ५३८ आरटी पीसीआर विधि र ३ हजार ५५८ एन्टिजेन गरी जम्मा ७ हजार ९६ नमुना परीक्षण गरिएकोमा ३५० नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १३ हजार ९५६ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५० हजार ५६ केस संक्रमणमुक्त भएको छ । अब देशभर १३ हजार ३५७ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१७ पुगेकोे छ ।

नेपालमा संक्रमितमध्ये ९७.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.