७ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितमध्ये ९७.४ प्रतिशत निको भएका छन् । कोरोना भाइरसका कुल केसमध्ये ९ लाख ५० हजार ५६ केस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १३ हजार ९५६ पुगेको छ । त्यस्तै ११ हजार ९१७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु भएको हो ।
नेपालमा अब १३ हजार ३५७ जना कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म ५३ लाख ७३ हजार २०२ आरटी पीसीआर विधि र १० लाख ३५ हजार ७५५ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।