१० फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ४७६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ८३१ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ६०४ आरटी पीसीआर विधि र २ हजार ८२० एन्टिजेन गरी जम्मा ९ हजार ४२४ नमुना परीक्षण गरिएकोमा ४७६ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १५ हजार ८२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ५३ हजार ४३० केस संक्रमणमुक्त भएको छ । अब देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९२८ पुगेकोे छ ।
नेपालमा संक्रमितमध्ये ९७.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।