Nepal's Trusted Health Online Portal

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालन हुँदै, दैनिक २० जना विशेषज्ञबाट ओपिडि सेवा दिईने

Get real time updates directly on you device, subscribe now.

२२ फागुन, काठमाडौं । अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाट प्राधिकार प्राप्त “ए क्याटेगोरी” प्रयोगशालामा एन.एल.एच. मल्टी स्पेसियाल्टी क्लिनिक यहि फाल्गुण २२ बाट सञ्चालनमा आउने भएको हो ।

‘मल्टीस्पेसियाल्टी क्लिनिक’ युएस एफडिए, इयुबाट स्विकृती प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढि विशेषज्ञ डाक्टर सहितको ओपिडी सेवा सञ्चालन हुनेछ ।

मुटु रोग, सामान्य चिकित्सा, मधुमेह, थाइराइड तथा हर्माेन रोग, स्त्री तथा प्रसुती तथा नि सन्तान सेवा, मृगौला रोग, मानसिक रोग, मुत्र तथा पत्थरी रोग, सामान्य शल्यक्रिया, नाक कान तथा घाँटी रोग, कलेजो रोग, छाला तथा यौन रोग, हाड जोर्नी सेवा, नशा रोग, आँखा जाँच सेवा, बाल रोग, छाती रोग, दन्त रोग सेवा, रेडियोलोजी, तथा औषधी सेवा, खोप सेवा, बैदेशिक रोजगारमा जानेहरुको सम्पूर्ण स्वास्थ्य परिक्षण सेवा, होम सर्भिस लगायतका थुपै्र सेवाहरु यस पोलीक्लिनिकमा पाइनेछन् ।

नेपाल ल्याब हाउस संस्थागत रुपमै वरिष्ठ तथा ख्यातिप्राप्त रोग निदान विज्ञहरुबाट व्यबस्थित छ । जहाँ प्रयोगशालामा कार्यकलाप रोग निदान विज्ञान, जीवरसायक विज्ञान र सूक्ष्म जीव विज्ञानमा एमडी गरेकाहरुबाट सिधै सुपरीवेक्षण हुन्छ । प्रयोगशाला सम्बन्धी कार्यहरु अनुभवी तथा कुशल प्रयोगशाला प्राविधिक कर्मचारी तथा प्रशासनिक कर्मचारीहरुबाट सञ्चालित हुन्छन् । यस पोलीक्लिनिकले म्यामोग्राफी, डिजिटल एक्स रे, (डीआर सिस्टम) अल्ट्रासाउन्ड र इकोकार्डियोग्राफी लगायतका सेवाहरु प्रदान गरिन्छ ।

नेपाल ल्याब हाउसले अत्याधुनिक फार्मेशी सेवा, कुशल स्वस्थ्य स्याहार कर्मचारीमार्फत घर तथा सामुदायिक चिकित्सा स्याहार पनि उपलब्ध गराउँदैछ । यहाँ बोलावट (अन कल) वा २४ घण्टा सेवारत रहने चिकित्सा, नर्सिङ तथा तालिमप्राप्त विरामी रुङालो सेवाहरु, घरदैलो नमुना सङ्कलन, प्रयोगशाला प्रतिवेदन प्रवहन र औषधी, शृङ्गार तथा पोषण आहार (न्युट्राक्युटिकल्स) को आपूर्ति लगायत सेवाहरु दिइनेछ ।

यस पोलीक्लिनिकमा कोभिड(१९ का लागि आरटी पी.सी.आर., एन्टिजेन र एण्टीबडी जाँच पनि सञ्चालन गरिन्छ । साथै टी.बी, एचआइभी( एड्स, स्क्रब टाइफस, डेँगु र उद्भव भैरहेको अन्य रोगहरुका लागि पनि पीसीआर स्वाब घरघरमा गएर लिने योजनामा समेत रहेको जनाईएको छ ।

नेपाल ल्याब हाउसले अन्तराष्ट्रिय एजेन्सीहरु र विदेशहरुलाई विशिष्ट स्वास्थ्य स्याहार सेवा प्रदान गर्नुको साथै पदयात्रामा जाने, होटेलमा रहने र काम गर्ने, अन्य मुलुकमा अध्ययन तथा भ्रमणका लागि मुलुक बाहिर जाने मानिसहरुलाई सेवा प्रदान गरिन्छ । सरकारी तथा गैरसरकारी संस्था जस्तैः बैंक तथा वितिय संस्था, बिमा कम्पनी, उधोग, शैक्षिक संस्था, निर्माण कम्पनी र जलशक्ति (हाइड्रोपावर) कम्पनीहरुलाई समेत संस्थापनात्मक स्वास्थ्य तथा निदानात्मक सेवाहरु समेत प्रदान गर्ने गरेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.