२५ फागुन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २५१ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ९३६ आरटी पीसीआर विधि र ३ हजार १५६ एन्टिजेन गरी जम्मा १० हजार ९२ नमुना परीक्षण गरिएकोमा २२४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १७ हजार ६१४ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६० हजार ६८ केस संक्रमणमुक्त भएको छ । अब देशभर ५ हजार ६९२ जना सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा संक्रमितमध्ये ९८.२ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।