Nepal's Trusted Health Online Portal

चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ देखि

Get real time updates directly on you device, subscribe now.

२७ फागुन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गतेदेखि गर्ने भएको छ ।

आयोगले आगामी चैत १८, २० र २१ गते परीक्षा सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा केन्द्र काठमाडौंमा मात्र रहने पनि आयोगले जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ ।

आयोगका अनुसार चैत १८ गते शुक्रबार एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पफ्र्युजन टेक्नोलोजीको परीक्षा हुनेछ ।
त्यस्तै २० गते आइतबार बीएएमएस, बीएनएस, बीएस्सी, एमएलटी, बीएस्सी एमआईटी, बी फर्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुनेछ भने चैत २१ गते सोमबार बीपीएचको परीक्षा हुनेछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.