Nepal's Trusted Health Online Portal

२४ घण्टामा थप ७७ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

२७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ५ हजार ६०७ आरटी पीसीआर विधी र २ हजार ३७४ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ६२ र एन्टिजेन विधीबाट १५ जना गरी जम्मा ७७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार २१२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या ११ लाख १७ हजार ८०३ पुगेको छ । जसमध्ये हालसम्म ९ लाख ६० हजार ६८६ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९८.२ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.