Nepal's Trusted Health Online Portal

पूर्ण मात्रा खोप लगाएकाले अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने

Get real time updates directly on you device, subscribe now.

२७ फागुन, काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नभएका पूर्ण मात्रा खोप लगाइसकेकालाई अस्पतालमा अनिवार्य पीसीआर गर्नु नपर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको फागुन २३ गतेको निर्णयानुसार कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएका र पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरुलाई पीसीआर अनिवार्य गर्नु नपर्ने मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

हाल अस्पतालहरुमा कुनै पनि बिरामी भर्ना गर्नु पर्दा अनिवार्य पीसीआर गर्नु पर्ने व्यवस्था रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.