Nepal's Trusted Health Online Portal

७,८८४ परीक्षण गर्दा ८३ जनालाई कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १३० जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७३४ आरटी पीसीआर विधि र ३ हजार १५० एन्टिजेन गरी जम्मा ७ हजार ८८४ नमुना परीक्षण गरिएकोमा ८३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार ८२ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६१ हजार ३४८ केस संक्रमणमुक्त भएको छ । अब देशभर ४ हजार ७४६ जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.३ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.