Nepal's Trusted Health Online Portal

चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र नोवेल मेडिकल कलेजबीच सहमति, कलेजले अतिरिक्त शुल्क नलिने

Get real time updates directly on you device, subscribe now.

१ चैत, काठमाडौं । बिराटनगरस्थित नोबेल मेडिकल कलेज आयोगले निर्धारण गरेकै शुल्क अनुरुप पठनपाठन सुचारु गर्न सहमत भएको छ ।

काठमाडौं विश्वविद्यालय अन्र्तगत शैक्षिक सत्र २०७७/०७८ का लागि एमबीबीएस कार्यक्रममा भर्ना भएका र शिक्षण शुल्कको विषयमा आयोग, विश्वविद्यालय र कलेज प्रशासनबीच सात बुँदे सम्झौता भएको आयोगले जनाएको छ ।

नोबेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरुको माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र मेडिकल कलेजबीच फागुन ३० मा सात बुँदे सम्झौता भएको हो ।

सम्झौतामा नोबेलले आयोगबाट निर्धारित र निर्देशन दिएको बाहेक अन्य कुनैपनि अतिरिक्त शुल्क नलिने उल्लेख छ ।

कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई विभिन्न विषयमा माग राखी आन्दोलन गरे बापत कुनै पनि कार्बाही नगरिने सम्झौतामा भनिएको छ ।

त्यस्तै विद्यार्थीहरुको शैक्षिक सुरक्षाको व्यवस्था कलेज प्रशासनले आफ्नो तर्फबाट पूर्ण रुपमा सुनिश्चित गर्ने र कलेज प्रशासनले कलजेको वातावरणलाई विद्यार्थीमैत्री बनाउनेलगायतका प्रतिवद्धता कलेजले गरेको छ ।

कलेजले अतिरिक्त शुल्क माग गरेको, अध्ययनको वातावरण नभएकोलगायतका माग राखी लामो समयदेखि विद्यार्थीहरु आन्दोलनमा थिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.