५ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १७ जनालाई मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा कोरोना संक्रमण केश घट्दै गएको छ । त्यस्तै २४ घण्टा यता ४०९ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ९९३ आरटी पीसीआर विधि र २ हजार २५० एन्टिजेन गरी जम्मा ४ हजार ५४३ नमुना परीक्षण गरिएकोमा १७ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस ११ लाख १८ हजार २५९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६२ हजार ५८२ केस संक्रमणमुक्त भएको छ । अब देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.४ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।