Nepal's Trusted Health Online Portal

२४ घण्टामा २४ कोरोना संक्रमित थपिए, ५१ निको भए 

Get real time updates directly on you device, subscribe now.

२२ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ३ हजार २७८ आरटी पीसीआर विधी र २ हजार ३०९ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट २१ र एन्टिजेन विधीबाट ३ जना गरी जम्मा २४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २४ घण्टा यता ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा ८१२ जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोना पोजिटिभ केशको संख्या एन्टिजेनसहित ११ लाख १८ हजार ६७२ पुगेको छ । जसमध्ये हालसम्म ९ लाख ६५ हजार ७६५ संक्रमण मुक्त भएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.