Nepal's Trusted Health Online Portal

ललितपुरमा चैत २५ देखि वैशाख ८ गतेसम्म बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

Get real time updates directly on you device, subscribe now.

२२ चैत, ललितपुर । ललितपुर जिल्लाका सबै स्थानीय तहमा चैत २५ गतेदेखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

चैत २५ गतेदेखि सञ्चालन हुन लागेको टाइफाइडविरुद्धको खोप अभियानमा जिल्लाभित्रका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई खोप लगाइनेछ ।

जिल्लाका ६ ओटै स्थानीय तहका करिब ९५ हजार बालबालिकालाई खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टले जानकारी दिए ।

स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार पत्रकारसँग अन्र्तक्रिया कार्यक्रम गरी चैत २५ देखि ३० गते तथा वैशाख ४ देखि ८ गतेसम्म गरी दुई चरणमा खोप दिन लागिएको जानकारी दिएको हो ।

जिल्लाका ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा चैत २५ देखि ३० गतेसम्म तथा कोन्ज्यसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ देखि ८ गतेसम्म खोप दिइनेछ ।

खोप अभियान सम्पन्न गर्नका लागि जिल्लाका सबै स्थानीय तहमा स्कुलका शिक्षिका, नर्सलगायत १५०० स्वयंसेविका परिचालन गरिने विष्टले जानकारी दिए । उनका अनुसार खोप लगाउनका लागि २४० जना स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ ।

चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका करिब ७५ लाख बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिइँदै छ ।

नेपालमा टाइफाइडका बिरामीमध्ये करिब ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समुहका बालबालिका रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.