२३ चैत, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ५७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३५८ आरटी पीसीआर विधि र १ हजार ४४९ एन्टिजेन गरी जम्मा ४ हजार ८०७ नमुना परीक्षण गरिएकोमा १३ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७८ हजार ५३८ र एन्टिजेन विधीबाट १ लाख ४० हजार १४७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६५ हजार ८२२ केस संक्रमणमुक्त भएको छ । अब देशभर ७६५ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.७ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।