८ वैशाख, ललितपुर । ललितपुर औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा शक्तिशाली विस्फोट भएको छ । औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको तथा ७ जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
घाइतेहरुमध्ये एक जना गम्भिर छन् । घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार प्लान्टमा अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको हो । घटनास्थलमा अहिले उद्धार कार्य भइरहेको छ ।