Nepal's Trusted Health Online Portal

थप ३४ जनामा कोरोना संक्रमण, १५ जना निको भए

Get real time updates directly on you device, subscribe now.

३ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ३४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १५ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार २३४ आरटी पीसीआर विधि र १ हजार ३७६ एन्टिजेन गरी जम्मा ३ हजार ६१० नमुना परीक्षण गरिएकोमा ३४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७९ हजार ३३३ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ३६९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार २७७ केस संक्रमणमुक्त भएको छ । अब देशभर १०४ जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.