Nepal's Trusted Health Online Portal

मंकिपक्सको आशंका गरिएका पुरुषमा कुष्ठरोग पुष्टि

Get real time updates directly on you device, subscribe now.

३ असार, काठमाडौं । मंकिपक्सको आशंकामा टेकु अस्पताल भर्ना गरिएका युवकमा कुष्ठरोग पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा सो पुरुषमा कुष्ठरोगको जिवाणु भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीबाट जाँचपड्तालको क्रममा विभिन्न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको तीन ओटा नमुनामा कुष्ठरोग (लेप्रोसी)को जिवाणु भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

बिहीबार दुवईबाट आएका २६ वर्षिय युवकमा मंकिपक्ससँग मिल्दा जुल्दा लक्षण भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाएको थियो ।

नेपालमा आजसम्म मंकिपक्सका कुनैपनि संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगिता कौशल मिश्रा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.