Nepal's Trusted Health Online Portal

बिहीबार एकैदिन ४९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १६३

Get real time updates directly on you device, subscribe now.

९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ४९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १२ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार २३४ आरटी पीसीआर विधि र १ हजार २६० एन्टिजेन गरी जम्मा २ हजार ४९४ नमुना परीक्षण गरिएकोमा ४९ नमुनाको नतिजा पोजिटिभ आएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७९ हजार ४५७ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ४०९ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ३४२ केस संक्रमणमुक्त भएको छ । अब देशभर १६३ जना सक्रिय संक्रमित छन् ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.