Nepal's Trusted Health Online Portal

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिडविरुद्धको खोप दिइँदै

Get real time updates directly on you device, subscribe now.

९ असार, काठमाडौं । सरकारले आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । बालबालिकालाई दिन लागिएको खोप फाइजर–बायोएनटेक हो ।

असार ९ देखि १५ र भाद्र ५ देखि ११ गतेसम्म गरी ५ देखि ११ वर्षका बालबालिकालाई खोपको पहिलो मात्रा दुई चरणमा लगाउन लागिएको छ । त्यस्तै पहिलो चरणको दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्म र दोस्रो चरणको दोस्रो मात्रा भाद्र २७ देखि असोज १ गतेसम्म दिने गरी सरकारले तयारी गरेको छ ।

पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा पहिलो मात्रा खोप दिइनेछ भने दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बालबालिकाहरुलाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीकाअनुसार ५ देखि ११ वर्षका बालबालिकालाई दिन लागिएको फाइजर–बायोएनटेक खोपको प्रभावकारिता ९१ प्रतिशत सम्म छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.