१३ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ४१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २० जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३३७ आरटी पीसीआर विधि र १ हजार २१ एन्टिजेन गरी जम्मा ३ हजार ३५८ नमुना परीक्षण गरिएकोमा ४१ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७९ हजार ५६९ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ४३७ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ४०९ केस संक्रमणमुक्त भएको छ । अब देशभर २०८ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।