१४ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र ४४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १७ जना भने निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ८५२ आरटी पीसीआर विधि र ९४६ एन्टिजेन गरी जम्मा २ हजार ७९८ नमुना परीक्षण गरिएकोमा ४४ नमुनाको नतिजा पोजिटिभ आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्ला दिनहरुमा तुलनात्मक रुपमा कोरोना भाइरस संक्रमण बढीरहेको छ ।
नेपालमा हालसम्म कोरोना संक्रमण केस आरटी पीसीआर विधीबाट ९ लाख ७९ हजार ६०७ र एन्टिजेन विधीबाट १ लाख ४० हजार ४४३ पुगेको छ । संक्रमितमध्ये ९ लाख ६७ हजार ४२६ केस संक्रमणमुक्त भएको छ । अब देशभर २२९ जना सक्रिय संक्रमित छन् ।
नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ९८.८ प्रतिशत निको भएका छन् भने १.२ प्रतिशतको मृत्यु भएको छ ।